दार्चुला, भदौ।

‎राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, दार्चुलाले आर्थिक वर्ष २०८२/०८३ का लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न माग आवेदन (प्रस्ताव) पेश गर्न सूचना प्रकाशित गरेको छ।

‎एकाइका अनुसार स्याउ, ओखर, सुन्तलाजस्ता फलफूल जोन, मकै जोन, तरकारी जोन लगायतका क्षेत्रीय कार्यक्रमहरू सञ्चालनका लागि इच्छुक किसान, समूह, सहकारी, संघसंस्था तथा सरोकारवालाबाट तोकिएको ढाँचामा प्रस्ताव माग गरिएको हो।

‎सञ्चालन हुने कार्यक्रमहरूमा उत्पादन वृद्धि, मूल्य श्रृंखला सुदृढीकरण, प्राविधिक सहयोग, कृषक क्षमता अभिवृद्धि तथा आधुनिक कृषि प्रविधि प्रवद्र्धनजस्ता विषय समेटिने उल्लेख छ। यसले जिल्लामा कृषकलाई प्रत्यक्ष लाभ पुग्ने र व्यावसायिक कृषिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रस्ताव पेश गर्न इच्छुक पक्षहरूले तोकिएको म्यादभित्र कार्यक्रम कार्यान्वयन एकाइ, दार्चुलामा सम्पर्क गरी आवश्यक विवरण बुझ्न तथा आवेदन फारम बुझाउन सक्नेछन्।