राष्ट्रिय आर्थिक गणनाको अनुगमन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयका उच्च अधिकारी दार्चुलामा

राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंका उपप्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्मा तथा निर्देशक मनोहर घिमिरे राष्ट्रिय आर्थिक गणनाको अनुगमन तथा मूल्याङ्कनका लागि जिल्ला आर्थिक गणना कार्यालय, दार्चुला पुगेका छन्।
उनीहरूले दार्चुलामा सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणनाको प्रगति, तथ्याङ्क सङ्कलनको अवस्था तथा गणनासम्बन्धी गतिविधिहरूको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ। साथै गणनामा संलग्न जनशक्ति तथा सरोकारवाला निकायसँग छलफल गरी गणनाको प्रभावकारी कार्यान्वयनका विषयमा आवश्यक सुझाव तथा निर्देशन प्रदान गर्ने जनाइएको छ।
राष्ट्रिय आर्थिक गणना देशभर सञ्चालन भइरहेको महत्वपूर्ण तथ्याङ्कीय अभियान हो, जसबाट विभिन्न आर्थिक गतिविधि, व्यवसाय तथा उद्यमसम्बन्धी तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय …

जेनजी आन्दोलनमा मारिएकाहरुको सम्झनामा भोली शोक विदा

दार्चुला । सरकारले असोज १ गते (भोली) शोक विदा दिने निर्णय गरेको छ। जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न विदा दिने निर्णय गरिएको हो।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवसका रूपमा असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। सरकारको यो निर्णयले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारप्रति सम्मान र सहानुभूति प्रकट गरेको बताइएको छ।

गतिशील न्युज को तहल्का

गतिशील न्युज को तहल्का

You Missed

राष्ट्रिय आर्थिक गणनाको अनुगमन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयका उच्च अधिकारी दार्चुलामा
दार्चुला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा स्तरोन्नती,
दार्चुलाको शैल्यशिखर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलको स्वागत, भोलिदेखी कार्यसम्पादन गर्ने ‎
डिलासैनी गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढ्यो, बोलपत्र आह्वान
दार्चुलामा मालपोत कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’ : साइनबोर्ड समेत परिवर्तन
दार्चुलामा राष्ट्रिय आर्थिक गणना सुरु, १८ गणक र ३ सुपरिवेक्षक परिचालन
दार्चुलाको लेकम गाउँपालिकाले नदीजन्य पदार्थ बिक्रीका लागि बोलपत्र आह्वान

Primary Color

Secondary Color

Layout Mode