दार्चुलाको शैल्यशिखर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलको स्वागत, भोलिदेखी कार्यसम्पादन गर्ने
दार्चुलाको शैल्यशिखर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा हित प्रसाद पौडेललाई स्वागत गरिएको छ । नगरपालिकाले एक कार्यक्रमका बीच पौडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
नगर प्रमुख, जनप्रतिनिधि तथा कर्मचारीहरूले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गर्दै नगरको विकास, सेवा प्रवाह र प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन सहकार्य गर्ने बताएका छन् ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले पनि नगरवासीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कर्मचारीबीच समन्वय र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
पौडेलले भोलिदेखि औपचारिक रूपमा कार्यालयमा हाजिर भई कार्यसम्पादन …
डिलासैनी गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढ्यो, बोलपत्र आह्वान
बैतडी जिल्लाको डिलासैनी गाउँपालिका ले नयाँ प्रशासकीय भवन निर्माणका लागि आवश्यक प्रक्रिया पूरा गर्दै बोलपत्र आह्वान गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै भवन निर्माण कार्यका लागि योग्य निर्माण व्यवसायी तथा कम्पनीहरूबाट आवेदन मागेको जनाएको हो।
गाउँपालिकाका अनुसार आधुनिक संरचना सहितको प्रशासकीय भवन निर्माण गरी सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्य राखिएको छ। भवन निर्माणसँगै एउटै स्थानबाट विभिन्न प्रशासनिक सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।
बोलपत्र सम्बन्धी विस्तृत विवरण गाउँपालिकाको कार्यालय तथा सार्वजनिक खरिद प्रणालीमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।
दार्चुलामा मालपोत कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’ : साइनबोर्ड समेत परिवर्तन
सरकारले केही नेपाल ऐन संशोधन गर्न जारी गरेको अध्यादेशमार्फत ‘मालपोत कार्यालय’ को नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम गरेको छ। सोही व्यवस्था अनुसार ‘मालपोत अधिकृत’ को पदनाम पनि परिवर्तन भएर ‘भूमि प्रशासन अधिकृत’ राखिएको छ।
नयाँ कानुनी व्यवस्था लागू भएसँगै दार्चुलास्थित कार्यालयले सोमवारदेखि नयाँ नामसहितको साइनबोर्ड राखेको छ। यसअघि ‘मालपोत कार्यालय’ भनेर चिनिने कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’ का रूपमा सञ्चालन हुनेछ।
सरकारले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यसहित नाम परिवर्तन गरिएको जनाएको छ।
दार्चुलामा राष्ट्रिय आर्थिक गणना सुरु, १८ गणक र ३ सुपरिवेक्षक परिचालन
दार्चुलामा ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना सुरु भएको छ। आर्थिक गणना कार्यालयका अनुसार असार ७ गतेसम्म सञ्चालन हुने यस गणनाका लागि जिल्लामा १८ जना गणक र ३ जना सुपरिवेक्षक खटिएका छन्।
गणनाको क्रममा होटल, व्यवसाय, प्रतिष्ठान, वित्तीय संस्था लगायत आर्थिक कारोबार गर्ने सबै निकायहरूको तथ्यांक संकलन गरिनेछ। यसमा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहजस्ता आर्थिक गतिविधिसम्बन्धी १८ वटा क्षेत्रका आधारभूत विवरण समेटिने जनाइएको छ।
यसअघि नेपालमा राष्ट्रिय आर्थिक गणना विसं २०७५ मा गरिएको थियो। …
दार्चुलामा विभिन्न कृषि विकास कार्यक्रमका लागि आवेदन आह्वान
दार्चुला । कृषि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गर्नुपर्ने विभिन्न कृषि विकास कार्यक्रमहरूको लागि आवेदन माग गरेको छ ।केन्द्रले प्रकाशित सूचनाअनुसार इच्छुक किसान, समूह तथा सम्बन्धित निकायहरूले आवश्यक कागजातसहित २०८२ कार्तिक १५ गतेभित्र नियमानुसार आवेदन पेश गर्नुपर्नेछ ।
सूचनामा तोकिएको म्यादभित्र आवेदन पेश नगरेका आवेदकहरूको दरखास्त स्वीकृत नहुने केन्द्रले जनाएको छ ।
यस कार्यक्रमले जिल्लाको कृषि उत्पादन वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
दार्चुला स्थित ६,३९६ मिटर अग्लो ल्याह्युल पिक पहिलो पटक सफल आरोहण
सुदूरपश्चिमको दार्चुला जिल्लामा अवस्थित ६ हजार ३९६ मिटर अग्लो ल्याह्युल पिक (भभया चुचुरो) को पहिलो पटक सफल आरोहण भएको छ । यस आरोहणले सुदूरपश्चिम क्षेत्रको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराका अनुसार यो आरोहण सफल भएपछि स्थानीय स्तरमै मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत यस क्षेत्रको महत्व बढ्ने अपेक्षा गरिएको छ ।
दार्चुलाको व्याँस गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कृष्णानन्द बडूलाई
समाचार:
दार्चुला । व्याँस गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी श्री कृष्णानन्द बडूले पाउनु भएको छ । स्थानीय प्रशासनिक कार्यलाई सहज र प्रभावकारी बनाउन उहाँलाई यो जिम्मेवारी तोकिएको हो ।
यस अवसरमा उहाँलाई सफल कार्यकालको शुभकामना दिइएको छ । साथै, गाउँपालिकाको विकास, सुशासन तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन उहाँको नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास लिइएको छ ।
👉 हार्दिक बधाई तथा शुभकामना श्री कृष्णानन्द बडू सरलाई ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा नौंगाड गाउँपालिकाको शुभकामना
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को पावन अवसरमा नौंगाड गाउँपालिका अध्यक्षले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्षले नेपालको संविधानले दिएको अधिकार, कर्तव्य र जिम्मेवारीलाई आत्मसात् गर्दै राष्ट्रिय एकता, समृद्धि र विकासतर्फ अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ। उहाँले यो दिनलाई संविधानप्रति कृतज्ञता व्यक्त गर्ने मात्र नभई राष्ट्रिय एकता, सहकार्य र सद्भावको भावनालाई अझ सुदृढ बनाउनुपर्ने दिनका रूपमा मनाउनुपर्नेमा जोड दिनुभएको
दार्चुला–बैतडीका युवा कृषकलाई कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान
समाचार:
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाई दार्चुलाले कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना जारी गरेको छ।
यस कार्यक्रम अन्तर्गत दार्चुला र बैतडी जिल्लाका १८ देखि ४० वर्ष उमेर समूहभित्रका युवा कृषकहरुले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। कार्यक्रमको उद्देश्य कृषक युवालाई आत्मनिर्भर, उत्पादनमुखी र व्यवसायिक उद्यमशीलतामा प्रोत्साहन गर्नु रहेको छ।
इच्छुक युवा कृषकहरुले तोकिएको म्यादभित्र आफ्नो प्रस्ताव पेश गर्नुपर्ने कार्यालयले जनाएको छ। कार्यक्रमले कृषक युवालाई आधुनिक कृषि पद्धति, पशुपन्छी व्यवसाय प्रवर्द्धन र ग्रामीण क्षेत्रको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने विश्वास लिइएको छ।
शंकरपुर मा.वि. पस्तीको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन
शंकरपुर मा.वि. पस्तीको विद्यालय व्यवस्थापन समिति (विव्यस) को नयाँ नेतृत्व चयन भएको छ । यस विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सक्रिय समाजसेवी श्री पदम राज पन्त सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
नव-निर्वाचित अध्यक्ष पन्तसँगै उहाँको सम्पूर्ण टिमलाई समेत हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा विद्यालयलाई अझ सशक्त, व्यवस्थित र प्रगतिशील बनाउन सफल हुनुहुनेछ भन्ने विश्वास लिइएको छ ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको गुणस्तर वृद्धि, भौतिक संरचना सुदृढीकरण तथा शैक्षिक सुधारका लागि उहाँहरूको नेतृत्वमा महत्त्वपूर्ण काम हुने आशा गरिएको छ ।
यस अवसरमा, अध्यक्ष पन्त लगायत सम्पूर्ण टिमलाई सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना …