दार्चुला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा स्तरोन्नती,

दार्चुला जिल्ला स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवाको स्तरोन्नती गरिएको छ। सेवा विस्तारसँगै अब केन्द्रबाट विभिन्न प्रकारका प्रयोगशाला परीक्षणहरू थप प्रभावकारी रूपमा सञ्चालन हुने भएका छन्।
स्वास्थ्य केन्द्रले नयाँ उपकरण जडान तथा आवश्यक व्यवस्थापन गरेपछि सेवाग्राहीलाई छिटो र गुणस्तरीय सेवा प्रदान गर्न सहज भएको जनाएको छ। यसअघि सामान्य परीक्षणमा सीमित रहेको ल्याब सेवा अब थप आधुनिक र व्यवस्थित बनाइएको केन्द्रका प्रमुखले जानकारी दिएका छन्।
ल्याब सेवा स्तरोन्नतीसँगै स्थानीय नागरिकलाई उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। स्वास्थ्य केन्द्रले आगामी दिनमा आयुर्वेद सेवासँगै प्रयोगशाला सेवालाई थप …

बिरामी छोडेर मन्त्री हुन जान्न’ — डा. सन्दूक रुइत

काठमाडौं। प्रख्यात नेत्र चिकित्सक तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दूक रुइतले आफू बिरामी छोडेर मन्त्री हुन नजाने स्पष्ट पारेका छन्। हालै सामाजिक सञ्जाल र केही मिडियामा उनलाई मन्त्री बनाइने चर्चा चलेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
डा. रुइतले भने, “मेरो जीवन बिरामीको उपचारमै समर्पित छ। राजनीतिक पदमा जाँदा बिरामीलाई बेवास्ता गर्न सक्दिन। सेवा नै मेरो धर्म हो।”
‎उनको भनाइले चिकित्सकप्रति जनविश्वास अझ प्रगाढ भएको छ। समाजसेवीका रूपमा ख्याति कमाएका रुइतले हजारौं विपन्न नागरिकलाई निःशुल्क आँखा उपचार गरेका

जेनजी आन्दोलनमा मारिएकाहरुको सम्झनामा भोली शोक विदा

दार्चुला । सरकारले असोज १ गते (भोली) शोक विदा दिने निर्णय गरेको छ। जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न विदा दिने निर्णय गरिएको हो।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवसका रूपमा असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। सरकारको यो निर्णयले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारप्रति सम्मान र सहानुभूति प्रकट गरेको बताइएको छ।

भेटेरिनरी अस्पताल दार्चुलाबाट बार्षिक कार्यक्रमको प्रस्ताव आह्वान

दार्चुला। भेटेरिनरी अस्पताल दार्चुलाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रस्ताव आह्वान सूचना प्रकाशित गरेको छ। यस सम्बन्धमा अस्पतालले सरोकारवाला निकाय, संघ/संस्था तथा इच्छुक व्यक्तिहरूलाई तोकिएको समयभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको छ
संस्थाले सूचनामार्फत दार्चुला जिल्लाभरका सरोकारवालालाई निर्धारित ढाँचामा प्रस्ताव पेस गर्न आग्रह गर्दै, प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गरी कार्यान्वयनमा ल्याइने जानकारी दिएको छ।
यस किसिमका कार्यक्रममार्फत जिल्लाका किसानले प्रत्यक्ष लाभ पाउने, पशु स्वास्थ्य र उत्पादन क्षमतामा वृद्धि हुने तथा ग्रामीण अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ।

कृषि क्षेत्र र दार्चुलाप्रति प्रमुख कमल तामाङको माया स्नेह

दार्चुला। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाका कार्यालय प्रमुख कमल तामाङले कृषि क्षेत्र र दार्चुलाप्रतिको आफ्नो विशेष माया र स्नेह व्यक्त गरेका छन्। उनले जिल्लाका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने खालका किसानमैत्री कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने संकल्प समेत गरेका छन्।तामाङका अनुसार दार्चुला जिल्लामा भौगोलिक विकटता र सीमित स्रोतका कारण कृषकहरूले अझै पर्याप्त लाभ लिन सकेका छैनन्। त्यसैले कार्यक्रम कार्यान्वयन एकाइमार्फत स्याउ, ओखर, सुन्तला जातका फलफूल, तरकारी तथा मकै जोनका कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिँदैछ।उनले भने, “दार्चुलाको कृषि सम्भावना निकै ठूलो छ। किसानलाई प्राविधिक सहयोग, आवश्यक तालिम र …

महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न

काठमाडौं, भदौ १८। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले सातौँ राष्ट्रिय सम्मेलन राजधानी काठमाडौंको प्रज्ञा भवन, कमलादीमा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरूका अनुसार सम्मेलन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।संघले सम्मेलन सफल बनाउने सम्पूर्ण सहभागी, प्रतिनिधि तथा समर्थकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा महिला अधिकार र सामाजिक रुपान्तरणका लागि अझ सशक्त अभियान सञ्चालन गर्ने संकल्प व्यक्त गरेको छ।

कृषि विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान

‎दार्चुला, भदौ १८। कृषि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न कृषि विकास कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ। यस सम्बन्धी २१ दिने सार्वजनिक सूचना पहिलोपटक २०८२ भदौ १८ गते प्रकाशित गरिएको हो।उक्त सूचना अनुसार सम्बन्धित सबै व्यक्ति, संघसंस्था तथा सरोकारवालाले तोकिएको समयभित्र प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

You Missed

राष्ट्रिय आर्थिक गणनाको अनुगमन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयका उच्च अधिकारी दार्चुलामा
दार्चुला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा स्तरोन्नती,
दार्चुलाको शैल्यशिखर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलको स्वागत, भोलिदेखी कार्यसम्पादन गर्ने ‎
डिलासैनी गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढ्यो, बोलपत्र आह्वान
दार्चुलामा मालपोत कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’ : साइनबोर्ड समेत परिवर्तन
दार्चुलामा राष्ट्रिय आर्थिक गणना सुरु, १८ गणक र ३ सुपरिवेक्षक परिचालन
दार्चुलाको लेकम गाउँपालिकाले नदीजन्य पदार्थ बिक्रीका लागि बोलपत्र आह्वान

Primary Color

Secondary Color

Layout Mode