राष्ट्रिय आर्थिक गणनाको अनुगमन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयका उच्च अधिकारी दार्चुलामा

राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंका उपप्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्मा तथा निर्देशक मनोहर घिमिरे राष्ट्रिय आर्थिक गणनाको अनुगमन तथा मूल्याङ्कनका लागि जिल्ला आर्थिक गणना कार्यालय, दार्चुला पुगेका छन्।
उनीहरूले दार्चुलामा सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणनाको प्रगति, तथ्याङ्क सङ्कलनको अवस्था तथा गणनासम्बन्धी गतिविधिहरूको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ। साथै गणनामा संलग्न जनशक्ति तथा सरोकारवाला निकायसँग छलफल गरी गणनाको प्रभावकारी कार्यान्वयनका विषयमा आवश्यक सुझाव तथा निर्देशन प्रदान गर्ने जनाइएको छ।
राष्ट्रिय आर्थिक गणना देशभर सञ्चालन भइरहेको महत्वपूर्ण तथ्याङ्कीय अभियान हो, जसबाट विभिन्न आर्थिक गतिविधि, व्यवसाय तथा उद्यमसम्बन्धी तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय …

दार्चुला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा स्तरोन्नती,

दार्चुला जिल्ला स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवाको स्तरोन्नती गरिएको छ। सेवा विस्तारसँगै अब केन्द्रबाट विभिन्न प्रकारका प्रयोगशाला परीक्षणहरू थप प्रभावकारी रूपमा सञ्चालन हुने भएका छन्।
स्वास्थ्य केन्द्रले नयाँ उपकरण जडान तथा आवश्यक व्यवस्थापन गरेपछि सेवाग्राहीलाई छिटो र गुणस्तरीय सेवा प्रदान गर्न सहज भएको जनाएको छ। यसअघि सामान्य परीक्षणमा सीमित रहेको ल्याब सेवा अब थप आधुनिक र व्यवस्थित बनाइएको केन्द्रका प्रमुखले जानकारी दिएका छन्।
ल्याब सेवा स्तरोन्नतीसँगै स्थानीय नागरिकलाई उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। स्वास्थ्य केन्द्रले आगामी दिनमा आयुर्वेद सेवासँगै प्रयोगशाला सेवालाई थप …

दार्चुलाको शैल्यशिखर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलको स्वागत, भोलिदेखी कार्यसम्पादन गर्ने ‎

दार्चुलाको शैल्यशिखर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा हित प्रसाद पौडेललाई स्वागत गरिएको छ । नगरपालिकाले एक कार्यक्रमका बीच पौडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
नगर प्रमुख, जनप्रतिनिधि तथा कर्मचारीहरूले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गर्दै नगरको विकास, सेवा प्रवाह र प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन सहकार्य गर्ने बताएका छन् ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले पनि नगरवासीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कर्मचारीबीच समन्वय र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
पौडेलले भोलिदेखि औपचारिक रूपमा कार्यालयमा हाजिर भई कार्यसम्पादन …

डिलासैनी गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढ्यो, बोलपत्र आह्वान

बैतडी जिल्लाको डिलासैनी गाउँपालिका ले नयाँ प्रशासकीय भवन निर्माणका लागि आवश्यक प्रक्रिया पूरा गर्दै बोलपत्र आह्वान गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै भवन निर्माण कार्यका लागि योग्य निर्माण व्यवसायी तथा कम्पनीहरूबाट आवेदन मागेको जनाएको हो।
गाउँपालिकाका अनुसार आधुनिक संरचना सहितको प्रशासकीय भवन निर्माण गरी सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्य राखिएको छ। भवन निर्माणसँगै एउटै स्थानबाट विभिन्न प्रशासनिक सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।
बोलपत्र सम्बन्धी विस्तृत विवरण गाउँपालिकाको कार्यालय तथा सार्वजनिक खरिद प्रणालीमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।

दार्चुलामा मालपोत कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’ : साइनबोर्ड समेत परिवर्तन

सरकारले केही नेपाल ऐन संशोधन गर्न जारी गरेको अध्यादेशमार्फत ‘मालपोत कार्यालय’ को नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम गरेको छ। सोही व्यवस्था अनुसार ‘मालपोत अधिकृत’ को पदनाम पनि परिवर्तन भएर ‘भूमि प्रशासन अधिकृत’ राखिएको छ।
नयाँ कानुनी व्यवस्था लागू भएसँगै दार्चुलास्थित कार्यालयले सोमवारदेखि नयाँ नामसहितको साइनबोर्ड राखेको छ। यसअघि ‘मालपोत कार्यालय’ भनेर चिनिने कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’ का रूपमा सञ्चालन हुनेछ।
सरकारले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यसहित नाम परिवर्तन गरिएको जनाएको छ।

दार्चुलामा राष्ट्रिय आर्थिक गणना सुरु, १८ गणक र ३ सुपरिवेक्षक परिचालन

दार्चुलामा ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना सुरु भएको छ। आर्थिक गणना कार्यालयका अनुसार असार ७ गतेसम्म सञ्चालन हुने यस गणनाका लागि जिल्लामा १८ जना गणक र ३ जना सुपरिवेक्षक खटिएका छन्।
गणनाको क्रममा होटल, व्यवसाय, प्रतिष्ठान, वित्तीय संस्था लगायत आर्थिक कारोबार गर्ने सबै निकायहरूको तथ्यांक संकलन गरिनेछ। यसमा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहजस्ता आर्थिक गतिविधिसम्बन्धी १८ वटा क्षेत्रका आधारभूत विवरण समेटिने जनाइएको छ।
यसअघि नेपालमा राष्ट्रिय आर्थिक गणना विसं २०७५ मा गरिएको थियो। …

दार्चुलाको लेकम गाउँपालिकाले नदीजन्य पदार्थ बिक्रीका लागि बोलपत्र आह्वान

दार्चुला जिल्लाको लेकम गाउँपालिका ले नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ढुंगा आदि) को संकलन तथा बिक्री वितरणका लागि खुला बोलपत्र आह्वान गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरूलाई निर्धारित मापदण्ड र प्रक्रिया पूरा गरी बोलपत्र पेश गर्न आग्रह गरेको जनाएको छ।

सूचनामा उल्लेख भएअनुसार, नदीजन्य पदार्थ उत्खनन तथा बिक्री कार्य स्थानीय कानून, वातावरणीय मापदण्ड तथा राजस्व नियमअनुसार सञ्चालन गर्नुपर्नेछ। बोलपत्र फाराम गाउँपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिने र तोकिएको समयसीमा भित्रै पेश गर्नुपर्नेछ।
गाउँपालिकाले राजस्व संकलन वृद्धि तथा स्रोत व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्तो प्रक्रिया अघि बढाइएको जनाएको छ। …

रास्वपाका राजेश सिंह सामन्त जिल्ला सभापति नियुक्त

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको जिल्ला सभापति जस्तो गरिमामय पदमा राजेश सिंह सामन्त निर्विरोध रुपमा नियुक्त हुनु भएको छ।
‎सामन्तलाई उक्त पदमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

यस पार्टीको संगठन सुदृढीकरण, नीति र कार्यक्रम कार्यान्वयनमा उहाँको नेतृत्वले दार्चुलामा नयाँ ऊर्जा र उत्साह ल्याउने विश्वास लिइएको छ।

दार्चुलामा विभिन्न कृषि विकास कार्यक्रमका लागि आवेदन आह्वान

दार्चुला । कृषि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गर्नुपर्ने विभिन्न कृषि विकास कार्यक्रमहरूको लागि आवेदन माग गरेको छ ।‎केन्द्रले प्रकाशित सूचनाअनुसार इच्छुक किसान, समूह तथा सम्बन्धित निकायहरूले आवश्यक कागजातसहित २०८२ कार्तिक १५ गतेभित्र नियमानुसार आवेदन पेश गर्नुपर्नेछ ।

‎सूचनामा तोकिएको म्यादभित्र आवेदन पेश नगरेका आवेदकहरूको दरखास्त स्वीकृत नहुने केन्द्रले जनाएको छ ।

‎यस कार्यक्रमले जिल्लाको कृषि उत्पादन वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

दार्चुला स्थित ६,३९६ मिटर अग्लो ल्याह्युल पिक पहिलो पटक सफल आरोहण

सुदूरपश्चिमको दार्चुला जिल्लामा अवस्थित ६ हजार ३९६ मिटर अग्लो ल्याह्युल पिक (भभया चुचुरो) को पहिलो पटक सफल आरोहण भएको छ । यस आरोहणले सुदूरपश्चिम क्षेत्रको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराका अनुसार यो आरोहण सफल भएपछि स्थानीय स्तरमै मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत यस क्षेत्रको महत्व बढ्ने अपेक्षा गरिएको छ ।

You Missed

राष्ट्रिय आर्थिक गणनाको अनुगमन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयका उच्च अधिकारी दार्चुलामा
दार्चुला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा स्तरोन्नती,
दार्चुलाको शैल्यशिखर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलको स्वागत, भोलिदेखी कार्यसम्पादन गर्ने ‎
डिलासैनी गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढ्यो, बोलपत्र आह्वान
दार्चुलामा मालपोत कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’ : साइनबोर्ड समेत परिवर्तन
दार्चुलामा राष्ट्रिय आर्थिक गणना सुरु, १८ गणक र ३ सुपरिवेक्षक परिचालन
दार्चुलाको लेकम गाउँपालिकाले नदीजन्य पदार्थ बिक्रीका लागि बोलपत्र आह्वान

Primary Color

Secondary Color

Layout Mode