दार्चुलामा राष्ट्रिय आर्थिक गणना सुरु, १८ गणक र ३ सुपरिवेक्षक परिचालन
दार्चुलामा ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना सुरु भएको छ। आर्थिक गणना कार्यालयका अनुसार असार ७ गतेसम्म सञ्चालन हुने यस गणनाका लागि जिल्लामा १८ जना गणक र ३ जना सुपरिवेक्षक खटिएका छन्।
गणनाको क्रममा होटल, व्यवसाय, प्रतिष्ठान, वित्तीय संस्था लगायत आर्थिक कारोबार गर्ने सबै निकायहरूको तथ्यांक संकलन गरिनेछ। यसमा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहजस्ता आर्थिक गतिविधिसम्बन्धी १८ वटा क्षेत्रका आधारभूत विवरण समेटिने जनाइएको छ।
यसअघि नेपालमा राष्ट्रिय आर्थिक गणना विसं २०७५ मा गरिएको थियो। …
दार्चुलाको लेकम गाउँपालिकाले नदीजन्य पदार्थ बिक्रीका लागि बोलपत्र आह्वान
दार्चुला जिल्लाको लेकम गाउँपालिका ले नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ढुंगा आदि) को संकलन तथा बिक्री वितरणका लागि खुला बोलपत्र आह्वान गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरूलाई निर्धारित मापदण्ड र प्रक्रिया पूरा गरी बोलपत्र पेश गर्न आग्रह गरेको जनाएको छ।
सूचनामा उल्लेख भएअनुसार, नदीजन्य पदार्थ उत्खनन तथा बिक्री कार्य स्थानीय कानून, वातावरणीय मापदण्ड तथा राजस्व नियमअनुसार सञ्चालन गर्नुपर्नेछ। बोलपत्र फाराम गाउँपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिने र तोकिएको समयसीमा भित्रै पेश गर्नुपर्नेछ।
गाउँपालिकाले राजस्व संकलन वृद्धि तथा स्रोत व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्तो प्रक्रिया अघि बढाइएको जनाएको छ। …
कृषि क्षेत्र र दार्चुलाप्रति प्रमुख कमल तामाङको माया स्नेह
दार्चुला। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाका कार्यालय प्रमुख कमल तामाङले कृषि क्षेत्र र दार्चुलाप्रतिको आफ्नो विशेष माया र स्नेह व्यक्त गरेका छन्। उनले जिल्लाका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने खालका किसानमैत्री कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने संकल्प समेत गरेका छन्।तामाङका अनुसार दार्चुला जिल्लामा भौगोलिक विकटता र सीमित स्रोतका कारण कृषकहरूले अझै पर्याप्त लाभ लिन सकेका छैनन्। त्यसैले कार्यक्रम कार्यान्वयन एकाइमार्फत स्याउ, ओखर, सुन्तला जातका फलफूल, तरकारी तथा मकै जोनका कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिँदैछ।उनले भने, “दार्चुलाको कृषि सम्भावना निकै ठूलो छ। किसानलाई प्राविधिक सहयोग, आवश्यक तालिम र …
कृषि विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान
दार्चुला, भदौ १८। कृषि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न कृषि विकास कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ। यस सम्बन्धी २१ दिने सार्वजनिक सूचना पहिलोपटक २०८२ भदौ १८ गते प्रकाशित गरिएको हो।उक्त सूचना अनुसार सम्बन्धित सबै व्यक्ति, संघसंस्था तथा सरोकारवालाले तोकिएको समयभित्र प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।