सरकारले केही नेपाल ऐन संशोधन गर्न जारी गरेको अध्यादेशमार्फत ‘मालपोत कार्यालय’ को नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम गरेको छ। सोही व्यवस्था अनुसार ‘मालपोत अधिकृत’ को पदनाम पनि परिवर्तन भएर ‘भूमि प्रशासन अधिकृत’ राखिएको छ।
नयाँ कानुनी व्यवस्था लागू भएसँगै दार्चुलास्थित कार्यालयले सोमवारदेखि नयाँ नामसहितको साइनबोर्ड राखेको छ। यसअघि ‘मालपोत कार्यालय’ भनेर चिनिने कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’ का रूपमा सञ्चालन हुनेछ।
सरकारले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यसहित नाम परिवर्तन गरिएको जनाएको छ।