काठमाडौं, भदौ १८। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले सातौँ राष्ट्रिय सम्मेलन राजधानी काठमाडौंको प्रज्ञा भवन, कमलादीमा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरूका अनुसार सम्मेलन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।
संघले सम्मेलन सफल बनाउने सम्पूर्ण सहभागी, प्रतिनिधि तथा समर्थकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा महिला अधिकार र सामाजिक रुपान्तरणका लागि अझ सशक्त अभियान सञ्चालन गर्ने संकल्प व्यक्त गरेको छ।