राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंका उपप्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्मा तथा निर्देशक मनोहर घिमिरे राष्ट्रिय आर्थिक गणनाको अनुगमन तथा मूल्याङ्कनका लागि जिल्ला आर्थिक गणना कार्यालय, दार्चुला पुगेका छन्।
उनीहरूले दार्चुलामा सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणनाको प्रगति, तथ्याङ्क सङ्कलनको अवस्था तथा गणनासम्बन्धी गतिविधिहरूको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ। साथै गणनामा संलग्न जनशक्ति तथा सरोकारवाला निकायसँग छलफल गरी गणनाको प्रभावकारी कार्यान्वयनका विषयमा आवश्यक सुझाव तथा निर्देशन प्रदान गर्ने जनाइएको छ।
राष्ट्रिय आर्थिक गणना देशभर सञ्चालन भइरहेको महत्वपूर्ण तथ्याङ्कीय अभियान हो, जसबाट विभिन्न आर्थिक गतिविधि, व्यवसाय तथा उद्यमसम्बन्धी तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय योजना तथा नीतिनिर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको