दार्चुला जिल्ला स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवाको स्तरोन्नती गरिएको छ। सेवा विस्तारसँगै अब केन्द्रबाट विभिन्न प्रकारका प्रयोगशाला परीक्षणहरू थप प्रभावकारी रूपमा सञ्चालन हुने भएका छन्।
स्वास्थ्य केन्द्रले नयाँ उपकरण जडान तथा आवश्यक व्यवस्थापन गरेपछि सेवाग्राहीलाई छिटो र गुणस्तरीय सेवा प्रदान गर्न सहज भएको जनाएको छ। यसअघि सामान्य परीक्षणमा सीमित रहेको ल्याब सेवा अब थप आधुनिक र व्यवस्थित बनाइएको केन्द्रका प्रमुखले जानकारी दिएका छन्।
ल्याब सेवा स्तरोन्नतीसँगै स्थानीय नागरिकलाई उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। स्वास्थ्य केन्द्रले आगामी दिनमा आयुर्वेद सेवासँगै प्रयोगशाला सेवालाई थप विस्तार गर्दै लैजाने योजना समेत अघि बढाएको जनाएको छ।