दार्चुलाको शैल्यशिखर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा हित प्रसाद पौडेललाई स्वागत गरिएको छ । नगरपालिकाले एक कार्यक्रमका बीच पौडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
नगर प्रमुख, जनप्रतिनिधि तथा कर्मचारीहरूले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गर्दै नगरको विकास, सेवा प्रवाह र प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन सहकार्य गर्ने बताएका छन् ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले पनि नगरवासीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कर्मचारीबीच समन्वय र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
पौडेलले भोलिदेखि औपचारिक रूपमा कार्यालयमा हाजिर भई कार्यसम्पादन सुरु गर्ने जनाइएको छ ।