दार्चुला । कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्याय बाली विकास निर्देशक पदमा बढुवा भई बिउविजन प्रयोगशाला सुन्दरपुर सरुवा भएका छन्।
उहाँको स्थानमा लेकम गाउँपालिका–०२ निवासी श्याम राज जोशीलाई दार्चुला कृषि ज्ञान केन्द्रको निमित्त कार्यालय प्रमुखका रूपमा तोकिएको छ।
उपाध्याय लामो समयदेखि कृषि क्षेत्रको प्रवर्द्धनमा सक्रिय रहँदै आएका थिए भने, जोशी पनि यसअघि विभिन्न जिम्मेवारीमा रहेर कृषि क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएका व्यक्ति हुन्।