राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाले चालू आ.व ०८२/०८३ का लागि स्याउ/ ओखर जोन र सुन्तलाजात फलफुल जोन दार्चुला तर्फ र मकै र तरकारी जोन बैतडी तर्फ विभिन्न कार्यक्रमका लागि मिति २०८२/०५/०४ गते देखि मिति २०८२/०६/०७ गते सम्मका लागि सूचना प्रकाशन गरेको छ ।एकाइले स्याउ/ ओखर जोन तर्फका लागि साना सिचाइ निर्माण तथा मर्मत सम्भार, जोन सुपरजोन क्षेत्रमा यान्त्रीकरण सहयोग, व्यावसायिक नमुना स्याउ बगैँचा घेराबार निर्माण , उन्नत प्रविधी सहित क्षेत्र विस्तार, जोन प्रभाव क्षेत्रमा High Density बिरुवा मार्फत क्षेत्र विस्तार, फलफुलको कलमी बिरुवा उत्पादनको लागि नर्सरीको स्तरोन्नती तथा नर्सरी स्थापना लगायतका कार्यक्रमका साथै सुन्तलाजात फलफुल जोन अन्तर्गत सिचाइ निर्माण तथा मर्मत सम्भार, जोन सुपरजोन क्षेत्रमा यान्त्रीकरण सहयोग, व्यावसायिक नमुना सुन्तला बगैँचा घेराबार निर्माण , उन्नत प्रविधी सहित क्षेत्र विस्तार, ब्रह्मदेव क्षेत्रमा खेर गै रहेको पानी तथा आकासे पानी सङ्कलनका लागि प्लास्टिक तथा सिमेन्टेड पोखरी निर्माण लगायतका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ।