सुदूरपश्चिमको दार्चुला जिल्लामा अवस्थित ६ हजार ३९६ मिटर अग्लो ल्याह्युल पिक (भभया चुचुरो) को पहिलो पटक सफल आरोहण भएको छ । यस आरोहणले सुदूरपश्चिम क्षेत्रको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराका अनुसार यो आरोहण सफल भएपछि स्थानीय स्तरमै मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत यस क्षेत्रको महत्व बढ्ने अपेक्षा गरिएको छ ।