दार्चुलामा नेपाल–भारत सीमा सुरक्षासम्बन्धी १० औं डिआईजी स्तरिय काउन्टरपार्ट समन्वय बैठकले दुवै देशका सीमा स्तम्भ अभिलेख तथा मर्मत सम्भार गर्ने सहमति भएको छ । नेपाल–भारतका सुरक्षा अधिकारीहरुको दार्चुलामा सम्पन्न बैठकले दुई देशका सीमा क्षेत्रमा ध्वस्त वा हराएका सीमा स्तम्भहरूको मर्मत, संरक्षण र पुनर्निर्माणमा सहकार्य गर्ने सहमति गरेको हो