दार्चुला। ब्यास गाउँपालिका उपाध्यक्षले बजेट अनियमितता सम्बन्धी आवश्यक डकुमेन्टहरू सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेका छन्।
सार्वजनिक गरिएका कागजातहरूमा प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष ज्युलाई लेखिएको लिखित जानकारी, बजेट वक्तव्यको ओरिजिनल प्रतिको अंश, गाउँसभामा गरिएको निर्णय, र वार्षिक कार्यक्रममा राखिएको बजेटको अंश समावेश गरिएको छ।
उपाध्यक्षका अनुसार प्रस्तुत कागजातहरूमा हाइलाइट गरिएका बुँदाहरूमा एकरूपता हुनु आवश्यक भए पनि नभएको उल्लेख गरिएको छ। साथै, लिखित रूपमा दिइएका जानकारीबाहेकका सबै सामग्रीहरू पालिकाको वेबसाइटमै अपलोड भइसकेको र हेर्न सजिलो होस् भन्ने उद्देश्यले मात्र सार्वजनिक गरिएको स्पष्टीकरण पनि दिइएको छ।
“गोपनीय भन्ने केही छैन, सबैको जानकारीका लागि मात्रै हो,” उपाध्यक्षले स्पष्ट पारेका छन्।