दार्चुला। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाले सञ्चालन गर्दै आएका कार्यक्रमप्रति दार्चुलाका किसान, स्थानीय निकाय र सर्वसाधारणको चासो दिन प्रतिदिन बढ्दै गएको छ। कार्यक्रमअन्तर्गत सञ्चालित गतिविधिहरू किसानमैत्री र उत्पादनमुखी भएका कारण स्थानीयले यसलाई सकारात्मक दृष्टिले हेरेका छन्।
दार्चुलामा सञ्चालनमा आएका विभिन्न कृषि कार्यक्रममार्फत स्याउ, ओखर, सुन्तला, मकै तथा तरकारी उत्पादनमा प्राविधिक सहयोग, तालिम तथा अनुदानको सुविधा उपलब्ध भएको छ। यसले किसानलाई आधुनिक तरिकाबाट खेती गर्न प्रेरित गर्नुका साथै बजार प्रवर्द्धन र आम्दानी वृद्धिमा समेत योगदान पुर्याएको छ।
स्थानीय किसानहरूले कार्यक्रममा सहभागी हुँदा उत्पादनमा मात्र होइन, जीवनस्तरमा समेत सुधार आएको अनुभव सुनाएका छन्। उनीहरूले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति र लगानी थप बढाउन माग गरेका छन्।
यस्तै, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाका कार्यालय प्रमुख कमल तामाङको कार्यशैली, नेतृत्व र किसानमैत्री दृष्टिकोणप्रति दार्चुलावासीले विशेष सम्मान व्यक्त गरेका छन्। तामाङले किसानलाई प्रत्यक्ष सम्पर्कमा ल्याएर समस्या समाधान गर्ने, खेतमै पुगेर सुझाव र प्राविधिक मार्गदर्शन दिने जस्ता पहल गरेका कारण जनताको विश्वास आर्जन गर्न सफल भएको स्थानीयको भनाइ छ।
दार्चुलाका सरोकारवाला, जनप्रतिनिधि र किसानहरूले तामाङको सक्रियता र कृषि विकासमा देखाएको लगनशीलतालाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यसैगरी किसानमुखी कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् 