दार्चुलामा विभिन्न कृषि विकास कार्यक्रमका लागि आवेदन आह्वान
दार्चुला । कृषि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गर्नुपर्ने विभिन्न कृषि विकास कार्यक्रमहरूको लागि आवेदन माग गरेको छ ।केन्द्रले प्रकाशित सूचनाअनुसार इच्छुक किसान, समूह तथा सम्बन्धित निकायहरूले आवश्यक कागजातसहित २०८२ कार्तिक १५ गतेभित्र नियमानुसार आवेदन पेश गर्नुपर्नेछ ।
सूचनामा तोकिएको म्यादभित्र आवेदन पेश नगरेका आवेदकहरूको दरखास्त स्वीकृत नहुने केन्द्रले जनाएको छ ।
यस कार्यक्रमले जिल्लाको कृषि उत्पादन वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
दार्चुला स्थित ६,३९६ मिटर अग्लो ल्याह्युल पिक पहिलो पटक सफल आरोहण
सुदूरपश्चिमको दार्चुला जिल्लामा अवस्थित ६ हजार ३९६ मिटर अग्लो ल्याह्युल पिक (भभया चुचुरो) को पहिलो पटक सफल आरोहण भएको छ । यस आरोहणले सुदूरपश्चिम क्षेत्रको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराका अनुसार यो आरोहण सफल भएपछि स्थानीय स्तरमै मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत यस क्षेत्रको महत्व बढ्ने अपेक्षा गरिएको छ ।
दार्चुलाको व्याँस गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कृष्णानन्द बडूलाई
समाचार:
दार्चुला । व्याँस गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी श्री कृष्णानन्द बडूले पाउनु भएको छ । स्थानीय प्रशासनिक कार्यलाई सहज र प्रभावकारी बनाउन उहाँलाई यो जिम्मेवारी तोकिएको हो ।
यस अवसरमा उहाँलाई सफल कार्यकालको शुभकामना दिइएको छ । साथै, गाउँपालिकाको विकास, सुशासन तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन उहाँको नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास लिइएको छ ।
👉 हार्दिक बधाई तथा शुभकामना श्री कृष्णानन्द बडू सरलाई ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा नौंगाड गाउँपालिकाको शुभकामना
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को पावन अवसरमा नौंगाड गाउँपालिका अध्यक्षले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्षले नेपालको संविधानले दिएको अधिकार, कर्तव्य र जिम्मेवारीलाई आत्मसात् गर्दै राष्ट्रिय एकता, समृद्धि र विकासतर्फ अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ। उहाँले यो दिनलाई संविधानप्रति कृतज्ञता व्यक्त गर्ने मात्र नभई राष्ट्रिय एकता, सहकार्य र सद्भावको भावनालाई अझ सुदृढ बनाउनुपर्ने दिनका रूपमा मनाउनुपर्नेमा जोड दिनुभएको
दार्चुला–बैतडीका युवा कृषकलाई कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान
समाचार:
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाई दार्चुलाले कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना जारी गरेको छ।
यस कार्यक्रम अन्तर्गत दार्चुला र बैतडी जिल्लाका १८ देखि ४० वर्ष उमेर समूहभित्रका युवा कृषकहरुले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। कार्यक्रमको उद्देश्य कृषक युवालाई आत्मनिर्भर, उत्पादनमुखी र व्यवसायिक उद्यमशीलतामा प्रोत्साहन गर्नु रहेको छ।
इच्छुक युवा कृषकहरुले तोकिएको म्यादभित्र आफ्नो प्रस्ताव पेश गर्नुपर्ने कार्यालयले जनाएको छ। कार्यक्रमले कृषक युवालाई आधुनिक कृषि पद्धति, पशुपन्छी व्यवसाय प्रवर्द्धन र ग्रामीण क्षेत्रको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने विश्वास लिइएको छ।
शंकरपुर मा.वि. पस्तीको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन
शंकरपुर मा.वि. पस्तीको विद्यालय व्यवस्थापन समिति (विव्यस) को नयाँ नेतृत्व चयन भएको छ । यस विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सक्रिय समाजसेवी श्री पदम राज पन्त सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
नव-निर्वाचित अध्यक्ष पन्तसँगै उहाँको सम्पूर्ण टिमलाई समेत हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा विद्यालयलाई अझ सशक्त, व्यवस्थित र प्रगतिशील बनाउन सफल हुनुहुनेछ भन्ने विश्वास लिइएको छ ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको गुणस्तर वृद्धि, भौतिक संरचना सुदृढीकरण तथा शैक्षिक सुधारका लागि उहाँहरूको नेतृत्वमा महत्त्वपूर्ण काम हुने आशा गरिएको छ ।
यस अवसरमा, अध्यक्ष पन्त लगायत सम्पूर्ण टिमलाई सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना …
ब्यास गाउँपालिका उपाध्यक्षद्वारा बजेट अनियमितता सम्बन्धी डकुमेन्ट सार्वजनिक!
दार्चुला। ब्यास गाउँपालिका उपाध्यक्षले बजेट अनियमितता सम्बन्धी आवश्यक डकुमेन्टहरू सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेका छन्।
सार्वजनिक गरिएका कागजातहरूमा प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष ज्युलाई लेखिएको लिखित जानकारी, बजेट वक्तव्यको ओरिजिनल प्रतिको अंश, गाउँसभामा गरिएको निर्णय, र वार्षिक कार्यक्रममा राखिएको बजेटको अंश समावेश गरिएको छ।
उपाध्यक्षका अनुसार प्रस्तुत कागजातहरूमा हाइलाइट गरिएका बुँदाहरूमा एकरूपता हुनु आवश्यक भए पनि नभएको उल्लेख गरिएको छ। साथै, लिखित रूपमा दिइएका जानकारीबाहेकका सबै सामग्रीहरू पालिकाको वेबसाइटमै अपलोड भइसकेको र हेर्न सजिलो होस् भन्ने उद्देश्यले मात्र सार्वजनिक गरिएको स्पष्टीकरण पनि दिइएको छ।
“गोपनीय भन्ने केही छैन, सबैको जानकारीका लागि मात्रै हो,” उपाध्यक्षले …
दार्चुला प्रहरीमा सरुवा: डिएसपी दाहालको स्थानमा महत आउने
दार्चुला । दार्चुला जिल्लामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दाहालको सरुवा भएको छ । अब उनको स्थानमा नयाँ डिएसपी महत आउने भएका छन् ।
प्रहरी संगठनभित्रको नियमित सरुवा–बदलाअनुसार दार्चुला प्रहरीको नेतृत्व परिवर्तन भएको हो । नयाँ आउने डिएसपी महतले चाँडै पदभार ग्रहण गर्ने तयारी गरेको बुझिएको छ ।
यससँगै जिल्लामा सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र स्थानीयस्तरका चुनौती समाधानमा नयाँ नेतृत्वले थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ
बिरामी छोडेर मन्त्री हुन जान्न’ — डा. सन्दूक रुइत
काठमाडौं। प्रख्यात नेत्र चिकित्सक तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दूक रुइतले आफू बिरामी छोडेर मन्त्री हुन नजाने स्पष्ट पारेका छन्। हालै सामाजिक सञ्जाल र केही मिडियामा उनलाई मन्त्री बनाइने चर्चा चलेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
डा. रुइतले भने, “मेरो जीवन बिरामीको उपचारमै समर्पित छ। राजनीतिक पदमा जाँदा बिरामीलाई बेवास्ता गर्न सक्दिन। सेवा नै मेरो धर्म हो।”
उनको भनाइले चिकित्सकप्रति जनविश्वास अझ प्रगाढ भएको छ। समाजसेवीका रूपमा ख्याति कमाएका रुइतले हजारौं विपन्न नागरिकलाई निःशुल्क आँखा उपचार गरेका
जेनजी आन्दोलनमा मारिएकाहरुको सम्झनामा भोली शोक विदा
दार्चुला । सरकारले असोज १ गते (भोली) शोक विदा दिने निर्णय गरेको छ। जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न विदा दिने निर्णय गरिएको हो।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवसका रूपमा असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। सरकारको यो निर्णयले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारप्रति सम्मान र सहानुभूति प्रकट गरेको बताइएको छ।