कृषि क्षेत्र र दार्चुलाप्रति प्रमुख कमल तामाङको माया स्नेह
दार्चुला। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाका कार्यालय प्रमुख कमल तामाङले कृषि क्षेत्र र दार्चुलाप्रतिको आफ्नो विशेष माया र स्नेह व्यक्त गरेका छन्। उनले जिल्लाका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने खालका किसानमैत्री कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने संकल्प समेत गरेका छन्।तामाङका अनुसार दार्चुला जिल्लामा भौगोलिक विकटता र सीमित स्रोतका कारण कृषकहरूले अझै पर्याप्त लाभ लिन सकेका छैनन्। त्यसैले कार्यक्रम कार्यान्वयन एकाइमार्फत स्याउ, ओखर, सुन्तला जातका फलफूल, तरकारी तथा मकै जोनका कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिँदैछ।उनले भने, “दार्चुलाको कृषि सम्भावना निकै ठूलो छ। किसानलाई प्राविधिक सहयोग, आवश्यक तालिम र …
कृषि विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान
दार्चुला, भदौ १८। कृषि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न कृषि विकास कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ। यस सम्बन्धी २१ दिने सार्वजनिक सूचना पहिलोपटक २०८२ भदौ १८ गते प्रकाशित गरिएको हो।उक्त सूचना अनुसार सम्बन्धित सबै व्यक्ति, संघसंस्था तथा सरोकारवालाले तोकिएको समयभित्र प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।