‎दार्चुला । दार्चुला जिल्लामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दाहालको सरुवा भएको छ । अब उनको स्थानमा नयाँ डिएसपी महत आउने भएका छन् ।

प्रहरी संगठनभित्रको नियमित सरुवा–बदलाअनुसार दार्चुला प्रहरीको नेतृत्व परिवर्तन भएको हो । नयाँ आउने डिएसपी महतले चाँडै पदभार ग्रहण गर्ने तयारी गरेको बुझिएको छ ।


‎यससँगै जिल्लामा सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र स्थानीयस्तरका चुनौती समाधानमा नयाँ नेतृत्वले थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ