‎काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान हालै क्षतिग्रस्त बनेको कोटेश्वर प्रहरी चौकीको स्थल निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले प्रहरी सेवामा अवरोध नपर्ने गरी तत्काल मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो

‎प्रधानमन्त्री कार्कीले स्थानीयवासीसँग समेत कुरा गर्दै सुरक्षाको सहज र भरपर्दो वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसै क्रममा प्रहरी प्रशासनलाई आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार उपलब्ध गराइने पनि प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ