दार्चुला, भदौ १८। कृषि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न कृषि विकास कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ। यस सम्बन्धी २१ दिने सार्वजनिक सूचना पहिलोपटक २०८२ भदौ १८ गते प्रकाशित गरिएको हो।
उक्त सूचना अनुसार सम्बन्धित सबै व्यक्ति, संघसंस्था तथा सरोकारवालाले तोकिएको समयभित्र प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।