समाचार:
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाई दार्चुलाले कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना जारी गरेको छ।
यस कार्यक्रम अन्तर्गत दार्चुला र बैतडी जिल्लाका १८ देखि ४० वर्ष उमेर समूहभित्रका युवा कृषकहरुले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। कार्यक्रमको उद्देश्य कृषक युवालाई आत्मनिर्भर, उत्पादनमुखी र व्यवसायिक उद्यमशीलतामा प्रोत्साहन गर्नु रहेको छ।
इच्छुक युवा कृषकहरुले तोकिएको म्यादभित्र आफ्नो प्रस्ताव पेश गर्नुपर्ने कार्यालयले जनाएको छ। कार्यक्रमले कृषक युवालाई आधुनिक कृषि पद्धति, पशुपन्छी व्यवसाय प्रवर्द्धन र ग्रामीण क्षेत्रको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने विश्वास लिइएको छ।
