‎शंकरपुर मा.वि. पस्तीको विद्यालय व्यवस्थापन समिति (विव्यस) को नयाँ नेतृत्व चयन भएको छ । यस विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  सक्रिय समाजसेवी श्री पदम राज पन्त सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।

‎नव-निर्वाचित अध्यक्ष पन्तसँगै उहाँको सम्पूर्ण टिमलाई समेत हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा विद्यालयलाई अझ सशक्त, व्यवस्थित र प्रगतिशील बनाउन सफल हुनुहुनेछ भन्ने विश्वास लिइएको छ ।

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको गुणस्तर वृद्धि, भौतिक संरचना सुदृढीकरण तथा शैक्षिक सुधारका लागि उहाँहरूको नेतृत्वमा महत्त्वपूर्ण काम हुने आशा गरिएको छ ।

यस अवसरमा, अध्यक्ष पन्त लगायत सम्पूर्ण टिमलाई सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ