दार्चुला। भेटेरिनरी अस्पताल दार्चुलाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रस्ताव आह्वान सूचना प्रकाशित गरेको छ। यस सम्बन्धमा अस्पतालले सरोकारवाला निकाय, संघ/संस्था तथा इच्छुक व्यक्तिहरूलाई तोकिएको समयभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको छ
संस्थाले सूचनामार्फत दार्चुला जिल्लाभरका सरोकारवालालाई निर्धारित ढाँचामा प्रस्ताव पेस गर्न आग्रह गर्दै, प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गरी कार्यान्वयनमा ल्याइने जानकारी दिएको छ।
यस किसिमका कार्यक्रममार्फत जिल्लाका किसानले प्रत्यक्ष लाभ पाउने, पशु स्वास्थ्य र उत्पादन क्षमतामा वृद्धि हुने तथा ग्रामीण अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ।